पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चले दियो अनुमति

author
0 minutes, 0 seconds Read
Spread the love

३० मंसिर, काठमाडौं । सर्वोच्च अदालतले अभिनेता पल शाह (पूर्णविक्रम शाह)विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको छ ।

न्याधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मंसिर २२ गेतको संयुक्त इजलासले शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको हो ।उच्च अदालत पोखराले प्रमाणहरूको समुचित मूल्यांकन नगरी फैसला गरेको भन्दै उच्च अदालतले शाहविरुद्धको फैसला दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरेको हो ।पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्तिलगायतका प्रमाणको समुचित मूल्यांकन नभएको सर्वोच्चको भनाइ छ ।
अभिनेता शाहले बलात्कार गरेको भन्दै एक नाबालिगले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुरमा जाहेरी दिएकी थिइन्महान्यायाधिवक्ताको कार्यालयले भने उक्त फैसला दोहोर्याएर हेर्न पाउँ भनि निवदेन दिएको थियो । सोही निवदेनको सुनुवाइ गर्दै सर्वोच्चले अनुमति प्रदान गरेको हो ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *