सुदिप लामिछाने भन्छन् ‘रोज्दैछु’।

खोज
सेयर गर्नुहोस्।

सुदिप लामिछानेले आफ्नो पहिलो गीत ‘रोज्दैछु’ सार्वजनिक गरेका छन्। साहित्यमा रुचि राख्ने उनले आफ्नो पहिलो गित रोज्दैछु सार्वजनिक गर्दै संगीत क्षेत्रमा पाइला राखेका हुन्। साहित्यमा सक्रिय उनले गजल, मुक्तक जस्ता धेरै साहित्यिक रचनाहरु लेखिसकेका छन्। उनका ती रचनाहरुलाई हजारौंले मन पराएका छन्। गोरखा जिल्लामा जन्मिएका सुदिप लामिछाने हाल काठमाडौंमा अध्ययनरत छन्।

उनको गीतको शब्दहरु यसप्रकार छन्:

रोज्दैछु म आफ्नै बाटो रोज्दैछु
खोज्दैछु म आफ्नै खुसी खोज्दैछु
रोज्दैछु म आफ्नै बाटो रोज्दैछु
खोज्दैछु म आफ्नै खुसी खोज्दैछु

म गर्दैछु कुरा जनहितमा जारी
सबले सुन् अब कान ठाडो पारी
गह्रौ लाग्न सक्छ तँलाई मेरो शब्दको भारी
आजकल मेरो लागि Rap बनिसक्यो नशा
मसँग निहुँ खोज्नेको बिग्रीनेछ दशा
Rap बग्दछ शरीरभरि, रगत रगतमा
चम्किने पालो मेरो अब यो जगतमा
Nephop मा तोरी Rapper को आउन थाल्यो गन्ध
गीतमा गफ दिनेको गर्दिनेछु बोली बन्द
Nephop मा तोरी Rapper को आउन थाल्यो गन्ध

रोज्दैछु म आफ्नै बाटो रोज्दैछु
खोज्दैछु म आफ्नै खुसी खोज्दैछु
रोज्दैछु म आफ्नै बाटो रोज्दैछु
खोज्दैछु म आफ्नै खुसी खोज्दैछु

बढ्दैछु अघि आफुलाई सम्हाली
खाँचो पर्यो हौसलाको बजाइदेउ ताली
धेरै पाठ सिकें जब खल्ती भयो खाली
सोच मेरो ठुलो, एकदम भिन्न छ
बिना कारण मेरो मन त्यसै खिन्न छ
बन्नु छ सफल मान्छे मानेको छैन हार
शब्द मेरो हितैसी, लगाउँदैछु धार
बुझ्दैछु बिस्तारै जिन्दगीको सार
सानैदेखि शब्द कोर्दै केहि लेख्दथें
केहि बन्छु भनी सपना देख्दथें
अधुरा सपना गर्दैछु पुरा
जान्दिन झुट, सत्य हुन्छ मेरो कुरा
गन्तव्य निकै पर, बाटोमा हिन्दैछु
नियाल्दैछु हरेक चिजलाई नजिकबाट चिन्दैछु
हो म अरुभन्दा भिन्दैछु yeah म अरुभन्दा भिन्दैछु

रोज्दैछु म आफ्नै बाटो रोज्दैछु
खोज्दैछु म आफ्नै खुसी खोज्दैछु
रोज्दैछु म आफ्नै बाटो रोज्दैछु
खोज्दैछु म आफ्नै खुसी खोज्दैछु


सुदिप लामिछानेको रोज्दैछुको भिडियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *