सर्वाधिक कमाई गर्ने नेपाली पाँच चलचित्रहरु कुन् कुन् हुन् त? यो हेर्नुहोस्।

मनोरञ्जन
सेयर गर्नुहोस्।

नेपालमा बनेका चलचित्रले दर्शकको मन जित्न सफल भएमा धेरै नै आम्दानी गर्ने गर्दछन्। सर्वाधिक कमाई गर्ने पाँच नेपाली चलचित्रहरुको सुची यस्तो छ।

५.लुट २
यो नेपालमा बनेको एक उत्कृष्ट चलचित्र हो। यो लुटको सिक्वेल हो जसले नेपाली चलचित्र क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको थियो। यो चलचित्रलाई निकै क्षमतावान् व्यक्ति निश्चल बस्नेतले निर्देशन गरेका हुन्। यो चलचित्रको कमाई २३ करोड ५० लाख रहेको छ।

४.शत्रु गते
मह संचारले निर्माण गरेको यस चलचित्रका निर्देशक प्रदिप भट्टराई हुन्। यो चलचित्र २०७४ सालमा रिलिज भएको थियो। यो चलचित्रको कमाई २४ करोड रहेको छ।

३.छक्का पञ्जा
यो छक्का पञ्जा सिक्वेलको पहिलो चलचित्र हो। छक्का पञ्जा आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र हो। यो २०७४ सालमा रिलिज भएको थियो। यो चलचित्रको कमाई २८ करोड रहेको छ।

२.छक्का पञ्जा २
यो चलचित्र पनि छक्का पञ्जाको सिक्वेल हो। छक्का पञ्जा २ पनि आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र हो। यस चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकि हुन्। यो २०७१ सालमा रिलिज भएको थियो। यो चलचित्रको कमाई  २५ करोड रहेको छ।

१. छक्का पञ्जा ३
यो चलचित्र छक्का पञ्जाको सिक्वेल हो। छक्का पञ्जा ३ आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र हो। यस चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकि हुन्। यो २०७५ सालमा रिलिज भएको थियो। यस चलचित्रको कमाई ३० करोड ५० लाख रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *